Home  
About NTNF

Nepal Tamang National federation has been established as an umbrella organization to study, promote, preserve and research scientifically the right, religion, language, literature, culture, traditional and script of tamang people. It aims to involve all those active people as well as established ...

Press Release
Notice Board
नेपाल तामाङ राष्ट्रिय महासंघ, केन्द्रीय प्रचारप्रसार विभाग, काठमाडौंको सक्रियतामा गोरखा एफ फम ९३ म ...
Latest Gallery
7th Annual Anniversary of NTNF
7th Annual Anniversary of NTNF
NTNF Gallery
NTNF Gallery
 
 Activities
वैशाख ११, काठमाडौं - नेपाल तामाङ राष्ट्रिय महासंघ प्रचार प्रसार विभागले पाँचौ लोकतन्त्र दिवसको अवसर पारेर ‘लोकतन्त्रमा तामाङ र नयाँ संविधान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको होटल कमलमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एवं मानवशास्त्री डा. मुक्त सिंह लामाले अखण्डित ताम्सालिङ प्राप्तिको लागि तामाङ
१५ चैत्र, आईतबार/काभ्रे - जिल्लाको साँगामा रहेको रेडियो जनसंचार एफ.एम. १०७.९ मेगाहर्जमा तामाङ भाषाको कार्यक्रम ‘ह्याङला जम्बुलिङ’ प्रसारण हुने भएको छ । नेपाल तामाङ राष्ट्रिय महासंघ, प्रचार प्रसार विभाग काठमाडौंले सञ्चालन गर्ने उक्त कार्यक्रमको आज साँगामा आयोजित एक समारोहकाबीच उद्‌घाटन गरिएको छ ।
काठमाडौं, माघ २०- अखण्डित ताम्सालिङ प्रप्तिको लागि दवाब सिर्जना गर्न र ताम्सालिङ संयुक्त संघर्ष समितीको आन्दोलनलाई शसक्त बनाउन तामाङ सामाजिक संघसंस्थाहरु मिलेर ताम्सालिङ नागरिक सन्जाल गठन गरेको छ । आज काठमण्डौंको पुतली सडकस्थित नेपाल तामाङ घेदुङको कार्यालयमा भएको बृहत भेलाले सो सन्जाल गठन गरेको हो ।
८ माघ २०६६ - नेपालमा आदिम कालदेखि बसोबास गर्दै आईरहेका आदिवासी जनजातिहरुमध्ये लाखौंको संख्यामा रहेका तामाङ जाति पनि यो देशको भूमिपुत्र हो । नेपालको ऐतिहासिक जनआन्दोलनमा पटक पटक सहभागी भई दशवर्षे जनयुद्ध, आ.व. ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा धेरै तामाङ सपूतहरुले ज्यानको बलिदान दिएपश्चात वर्तमान सरकारसम्म आई पुग्दा पनि राष्ट्रिय राजनीतिक दलहरु र वर्तमान नेपाल सरकारले तामाङ जातिलाई उपेक्षा गरेको हाम्रो ठहर छ ।
माघ ३, काठमाडौं - ताक् ल्होछारको अवसरमा राजधानीमा आयोजित दुई दिने ‘तामाङ ताक् ल्होछार वृहत साँस्कृतिक महोत्सव’ भव्यताका साथ सम्पन्न भएको छ । माघ १ र २ गते सैनिक मञ्च टुँडिखेलमा भएको सो महोत्सव १०९ वटा तामाङ संघ संस्थाहरुको सहभागितामा ‘ताक ल्होछार वृहत मुल संयोजन समिति’ ले आयोजना गरेको हो ।
पुष २०, काठमाडौं - तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउँदै आएको धार्मिक एवं साँस्कृतिक पर्व ल्होछार यस वर्ष पनि राजधानीमा वृहत रुपमा मनाउने भएको छ । यस वर्षको ताक् ल्होछार भव्य रुपमा मनाउन नेपाल तामाङ राष्ट्रिय महासंघका अध्यक्ष डि.बी. बम्जन तामाङको संयोजकत्वमा १००१ सदस्यीय 'ताक् ल्होछार-२८४६ बृहत मुल संयोजन समिति' गठन गरिएको छ ।
मंसिर २०, काठमाडौं - नेपाल तामाङ राष्ट्रिय महासंघले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ । महांसघको केन्द्रीय कार्यालय, सामाखुसीमा आयोजित कार्यक्रम मार्फत www.tamangfederation.org सार्वजनिक गरिएको हो ।
मंसिर ५, काठमाडौं - विश्व शान्ति र अहिंसाको कामना गर्दै नेपाल तामाङ राष्ट्रिय महासंघले शुक्रबार साँझ बौद्ध परिसरमा लाख दीप प्रज्वलन गरेको छ । अर्न्तराष्ट्रिय प्रार्थना दिवस तथा सरकार र माओवादीबीच शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेको अवसरमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
मंसिर ३, काठमाडौं - नेपाल तामाङ राष्ट्रिय महासंघको संयोजकत्वमा आज राजधानीमा गढीमाईमा हुने पशुबली विरुद्ध चेतनामुलक मोटरसाईकल शान्ति र्‌याली सम्पन्न भएको छ । र्‌यालीमा विभिन्न धर्मका धर्म गुरु एवं संघ संस्थाका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
कार्तिक २५, काठमाडौं - नेपाल तामाङ राष्ट्रिय महासंघले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय पत्रकारिता पुरस्कार आज वितरण गरेको छ । विभिन्न विधामा राष्ट्रिय स्तरका तीन जना पत्रकारहरुलाई प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट पत्रकारिता पुरस्कार’ को फोटो पत्रकारितातर्फ ‘राष्ट्रिय उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार’ बाट नागरिक दैनिकका संवाददाता एवं फोटो पत्रकार केशव थोकर सम्मानित भएका छन् ।
कार्त्तिक १७, काठमाडौं । नेपाल तामाङ राष्ट्रिय महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरी बारा जिल्लाको बरियापुरस्थित गढीमाई मन्दिरमा आगामी मंसिर ९ गतेदेखि हुने गढिमाई मेलामा पशु बलि रोक्न आग्राह गरेको छ । बारा जिल्लाकै हलखोरिया जंगलमा विगत साँढे चार वर्षदेखि निराहर तपस्यारत तपस्वी गुरु राम बहादुर बम्जनले उक्त मेलामा बलि रोक्न गर्नुभएको आग्राहलाई पूर्ण रुपमा समर्थन जनाउँदै महासंघले यसबारे पहिलो पटक आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
यस नेपाल तामाङ राष्ट्रिय महासंघका केन्द्रीय प्रमूख सल्लाहकार श्रीमती जीवन प्रभा लामाज्यू माननीय मन्त्री स्तरको २०६६ भाद्र ३ गतेको निर्णय अनुसार नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सिंह दरबार, काठमाडौंको उप महानिर्देशकबाट महा निर्देशक पदमा बढुवा हुनुभएकोमा उहाँको कार्यकालको सफलताका लागि हार्दिक बधाई ज्ञापन गर्दछौं ।
तामाङ प्रसारण दिवसको अवसरमा नेपाल तामाङ राष्ट्रिय महासंघ, प्रचार प्रसार विभागले उत्कृष्ट तामाङ सञ्चारकर्मीहरुलाई सम्मानित गरेको छ । महासंघको केन्द्रिय कार्यालय सामाखुसीमा आयोजित विशेष कार्यक्रममा पत्रकार एवं लेखक रविन्द्र तामाङ, ध्यान बहादुर मोक्तान र सन्चु ब्लोन सम्मानित भएका हुन् ।
साउन ३१, काठमाडौं । नेपाल तामाङ राष्ट्रिय महासंघ, प्रचार प्रसार विभागको आयोजनामा तामाङ साँस्कृतिक रमझम समारोह २०६६ सम्पन्न भएको छ । तामाङ जातिको ऐतिहासिक परम्परागत संस्कृति, गीत संगीत तथा तामाङ सेलोको संरक्षण गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा चर्चित तामाङ कलाकाहरुका साथै म्हेन्दोमाया नाच, फापर व्हाई (तामाङ दोहोरी गीत), परम्परागत साङखोले व्हाई लगायत तामाङ सेलोमा नृत्यहरु प्रस्तुत गरिएको थियो ।
साउन ३१, काठमाडौं । स्वर्गिय गोरीमाया तामाङको नाममा स्थापित ‘राष्ट्रिय गोरीमाया महिला तामाङ प्रतिभा’ पुरस्कारबाट गोरखापत्र दैनिककी सम्वाददाता शिवा तामाङ सम्मानित भएका छन् । नेपाल तामाङ राष्ट्रिय महासंघ, ललितपुर जिल्ला कार्य समितिको सातौं स्थापना दिवसको अवसरमा सञ्चार समूह पुतलीसडकमा आयोजित कार्यक्रममा प्रमूख अतिथि डि बि बम्जनद्धारा उक्त पुरस्कार प्रदान गरिएको हो ।
Untitled Document
Home | About Us | Board Members | Affiliate Organizations | Gallery | Contact Us
© tamangfederation.org, All Rights Reserved | Visited: web counter Times