Home  
About NTNF

Nepal Tamang National federation has been established as an umbrella organization to study, promote, preserve and research scientifically the right, religion, language, literature, culture, traditional and script of tamang people. It aims to involve all those active people as well as established ...

Press Release
Notice Board
नेपाल तामाङ राष्ट्रिय महासंघ, केन्द्रीय प्रचारप्रसार विभाग, काठमाडौंको सक्रियतामा गोरखा एफ फम ९३ म ...
Latest Gallery
7th Annual Anniversary of NTNF
7th Annual Anniversary of NTNF
NTNF Gallery
NTNF Gallery
 
नेपाल तामाङ राष्ट्रिय महासंघका हालसम्म प्रकाशित कृतिहरु

क) ह्याङ्ला पाक्षिक पत्रिका
यस पत्रिकाले नेपाल तामाङ राष्ट्रिय महासंघको लक्ष्यलाई उजागर गरेको थियो । वि‍.स. २०५९ मंसिर १ गते समिट होटल ललितपुरमा महिला बालबालिका तथा समा कल्याण मन्त्री गोरे बहादुर खपाङ्गी मगारले विमोचन गर्नुभएको, प्रधानसम्पादक अनन्त कुमार घिसिङ र अमर तामाङको सम्पादनमा प्रकाशित पत्रिका १ देखि ११ अंक सम्म प्रकाशन भएको थियो । यसले महासंघको अभियानलाई ठुलो सहयोग पुर्‌याएको थियो ।

ख) नेपाल तामाङ राष्ट्रिय महासंघ, ललितपुर, स्मारिका २०६१
यो स्मारिका, नेपाल तामाङ राष्ट्रिय महासंघको ईतिहाँसमा पहिलो स्मारिकाको रुपमा लिन सकिन्छ । बाहिरी आवरण रंगीन पृष्ठ र भित्री श्यामश्वेत (ब्लाकिङ) पेपर ६० पृष्ठको रहेको छ । यसभित्र सम्पादकीय, नेपाल तामाङ राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष श्री डि.बि. बम्जन, गुम्बा व्यवस्था तथा विकास समितिका सदस्यसचिव श्री ङिमा तेन्डुप शेर्पा, सामाखुशी तामाङ परिवार कोषका अध्यक्ष श्री राजाराम पाख्रिन लामा, तामाङ उत्थान सेवा संघका अध्यक्ष श्री राम थिङ लामा, श्री तीनचुली तामाङ भज्यु गुठीका अध्यक्ष श्री ईन्द्र भज्यु लामा, हाम्रो मकवानपुर मिलन केन्द्र काठमाडौंका अध्यक्ष श्री रामचन्द्र वल लामा, नेपाल सेतोकान कराँते संघका महासचिव श्री शान्तबाबु थोकरज्यूहरुको शुभकामना सन्देशहरु रहेका छन् ।

त्यस्तै गरि बुद्द जन्मेको देशमा हिन्दू धर्म घोषणा राष्ट्रलाई गर्नु गलत हो - नेपाल तामाङ राष्ट्रिय महासंघका केन्द्री अध्यक्ष डि.बि. बम्जन (भेटवार्ता), गतिविधि तथा समाचार क्लिपिङ, कविता-नयाँ विहानी, तिमी आउनुपर्छ-कुमारी तामाङ (उदयपुर) प्रथम तामाङ कवयत्री कुमारी तामाङको छारस्ह्यो कविता संग्रह-समिक्षा, तामाङ ग्योइला, तिगाई छिगकादे-पुष्मा तिङ (ललितपुर), रेडियो संचारमा तामाङ भाषाका कार्यक्रमहरु, तामाङ समुदायका थरहरु-शान्ति थिङ (ललितपुर), भगवान बुद्दको मुल सिद्धान्त, लेखन-श्याम तामाङ (ललितपुर), ऐतिहासिक व्यक्तित्व जिउँदो शहिद माईला लामा - प्रस्तुती नारायण थिङ (ललितपुर), आमा (ह्वाईखा) व्रिखेन-विमला बल (काभ्रे), सेमताम्-घेदुङथेन आहिन थेला नीतिथेन आडिक्पासे ङायी मेट्रो ख्लावा हिन्ना – प्रतिक ङेसुर तामाङ (ललितपुर), कला-थाङ्का व्यवसायी – सूर्यमान लामाको जीवनी, झि आइरकको आहलबाट निस्कन नसकेको तामाङ सामाजिक आन्दोलन, लेख –अम्बर बम्जन तामाङ (सोलुखुम्बु), धार्मिक क्षेत्रमा समर्पित –ज्ञानीवज्र लामा जीवनी, प्रस्तुती गंगाराज ब्लोन (ललितपुर), पाँचसय वर्ष पहिलेको गुम्बा लेख कृष्ण घिसिङ तामाङ (रामेछाप), परिवर्तनको मोडमा तामाङ जाति लेख रुद्रसिंह तामाङ (नुवाकोट), मेरो दृष्टिमा तामाङ जाति रचना – कुमारी तामाङ (उदयपुर), समाज सेवामा समर्पित मीरा दोङ लामा, चिनारी –शान्ति ग्लान तामाङ (ललितपुर), राजनीतिक दलहरुले हतियारको रुपमा प्रयोग गरेका छन् –पूर्ण सिंह लामा, अध्यक्ष, नेपाल तामाङ पूर्व सैनिक तथा प्रहरी संयुक्त समाज, काठमाडौं (कुराकानी), परमपुज्य दलाई लामा, जीवनी –अमर बम्जन (ललितपुर), तिल्पुङ शब्दको अर्थ र तिल्पुङ्गेहरु, स्थान परिचय – पेमा घिसिङ (रामेछाप), सम्पूर्ण तामाङ संघसंस्थाहरुलाई समेट्न सक्नुपर्छ –सुझाव पत्र, तिलक लामा (काभ्रे), ए खाऊ, व्हाईखा –दिपक लामा (काठमाडौं), ब्रमाण्ड अनि एक अनुभव, कविता – लक्ष्मी रुम्बा (नुवाकोट), महिला खेलाडी रुपा लामा प्रतिभा लेखक- मनिक थिङ (ललितपुर), ह्याङ्ला डम्फु (व्हाई) हर्क योन्जन (रामेछाप), र अन्त्यमा धन्यवाद सहित आभार जस्ता शिर्षकहरुले भरिपूर्ण छ - नेपाल तामाङ राष्ट्रिय महासंघ, स्मारिका २०६१, ललितपुर ।

साथै स्मारिका प्रकाशन समिति – २०६१ का प्रमूख सल्लाहकारहरु डि.बि. बम्जन (ओखलढुङ्गा), तिलक बहादुर नेगी लामा (मकवानपुर), दावा फिञ्जोक तामाङ (रसुवा), तिर्थमान लामा (काभ्रे), विर बहादुर लामा (मकवानपुर), भुमिलाल लामा (सिराह), गजेन्द्र कुमार लामा (काठमाडौं), सि.बी. लामा (काभ्रे), चन्द्र कुमार मोक्तान (काभ्रे), भरत बम्जन (महोत्तरी), जित लामा पाख्रिन (मकवानपुर), विनोद मोक्तान (सिन्धुपाल्चोक), छोङनुर्पु घले (मनाङ), प्रदिप बम्जन (सिराह) रहेका छन् भने सल्लाहकारहरुमा ज्ञान बहादुर बम्जन (सिन्धुली), कान्छा गुरुङ (मनाङ), मिलन मोक्तान (ईलाम) र निमा घ्याम्छो बल (सिन्धुपाल्चोक हुनुहुन्छ ।

त्यसैगरी सम्पादन मण्डलमा श्याम तामाङ (प्रधान सम्पादक), शान्ति थिङ (कार्यकारी सम्पादक), नारायण थिङ (सह-सम्पादक), विशेष सहयोगीहरु: हीरामाया लामा, कुमारी लामा, नुर्पु लामा, कमला लामा, सोनु लामा, छेरिङ लामा, विमल मोक्तान, दिपक राना मगर, खिला बम्जन, के.वी. तामाङ, श्रीकृष्ण लामा, प्रेम कुमार लामा, साम्देन लामा, कृष्न बहादुर देशार रहनुभएको छ ।

सहयोगीहरु: पुष्मा थिङ, अनिता बम्जन, शान्ति ग्लान, मीरा ब्लोन, मनिक थिङ, विकास घिसिङ, अमर बम्जन, बजार व्यवस्थापक: राजकुमार ङेसुर तामाङ, कभर डिजाईन: लक्ष्मण तामाङ, कम्प्युटर सेटिङ/नेपाली टाईप –राजन मानन्धर रहनुभएको सो स्मारिकाको एक हजार प्रति प्रकाशन, सहयोग रु. ५०/- (प्रति गोटा), मुद्रण कालिञ्चोक अफसेट प्रेसले गरेको थियो ।

नेपाल तामाङ राष्ट्रिय महासंघ, ललितपुरले प्रकाशन गरेको सो स्मारिकाको नेपाल तामाङ राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष डि.बि. बम्जनज्यूले ललितपुर महासंघको दोश्रो स्थापना दिवसका सन्दर्भमा प्रमुख अतिथिको आसनबाट २०६१ साल श्रावण ३१ गते, प्रशासकीय प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलको विशेष हलमा एक समारोहकाबीच विमोचन गर्नुभएको थियो ।

ग) नेपाल तामाङ राष्ट्रिय महासंघ, स्मारिका २०६२
यस स्मारिका बाहिरी कभर रंगीन ४ पृष्ठ र भित्री श्यामश्वेत (ब्लाकिङ) ४८ पृष्ठ रहेको छ । यसभित्र सम्पादकीय, नेपाल तामाङ राष्ट्रिय महासंघका केन्द्री अध्यक्ष डि.बि. बम्जनज्यूको मन्तव्य, तामाङ अवतारीको तेश्रो जन्म, पुनर्जन्म, प्रस्तुती साम्देन लामा, आफूले नै नमूनाको रुपमा काम गरेर देखाउनुपर्छ – डि.बि. बम्जन केन्द्रीय अध्यक्ष, नेपाल तामाङ राष्ट्रिय महासंघ, काठमाडौं (अर्न्तवार्ता), नेपालका आदिवासी जनजातिबारे केही विचार, डा. ओम गुरुङ (विचार), Nepal Tamang National Federation – NTNF (Introduction) साझा चौतारीको रुपमा आयो, नेपाल तामाङ राष्ट्रिय महासंग, ज्ञान बहादुर बम्जन, लेख (यथार्थ), तामाङ जातिभित्र भावनात्मक एकताको आवश्यकता, राजाराम पाख्रिन, अध्यक्ष- सामाखुशी तामा, परिवार कोष (कुराकानी), चिनियाँ लामा र तामाङको अर्न्तनिहित सम्बन्ध, सम्पूर्ण कुमार लामा (लेख, समय सन्दर्भ), तामाङ शब्द, नेपालीमा अर्थ – मीरा ब्लोन (ग्योई/भाषा), असल नेतृत्वकर्तामा हुनुपर्ने गुण – शान्ति थिङ तामाङ (ज्ञान), विवाहपछि तामाङ चेलीको थर परिवर्तन हुँदैन – रविन्द्र तामाङ (लेख), गौतम बुद्धका वर्षावासहरु र तत्कालीन परिवेश: एक चर्चा – रुद्रसिंह तामाङ (धर्म), अभिलेखालय तथा पुस्तकालयहरुमा बौद्ध दर्शनका छ्योईहरुको वर्तमान अवस्ता –कृष्ण घिसिङ तामाङ (अभिलेख), रेडियो संचारमा तामाङ भाषाका कार्यक्रम, रेगे यारी म्हेहाङ थोसी – कुमारी तामाङ (व्हाईखा), गुम्बा व्यवस्था तथा विकास समिति, विगतदेखि वर्तमानसम्म – मणिराज गुरुङ (लेख), Gorkha Development Bank, Nepal (Bank Introduction), कुसुन्डा जातिको संरक्षण – पुष्पा थिङ (संरक्षण), म्हेन्दो फोले – नारायण थिङ (समिक्षा), नेपाल तामाङ राष्ट्रिय महासंघ र यसका गतिविधि – श्याम तामाङ (गतिविधि) र तामाङ जाति भित्रका थर जस्ता सामाग्रहरु समेटिएका छन् ।

सो स्मारिका प्रकाशन समिति २०६२ मा वरिष्ठ संरक्षक डि.बि. बम्जन, व्यवस्थापक –श्याम तामाङ, प्रधान सम्पादक – सम्पूर्ण कुमार लामा, संरक्षकहरु – माईला लामा, हेम बहादुर घिसिङ, जित लामा पाख्रिन, छोङ नुर्पु घले, सुर्यमान लामा, विनोद मोक्तान र सुर्य बज्र लामा रहेका छन् भने सल्लाहकारहरु: पुष्पलाल मोक्तान, हस्त लामा, ज्ञान बहादुर बम्जन, इन्द्र लामा, सहरमान तामाङ, मंगल सिं तामाङ, विशेष सहयोगीहरु: दिपक घिसिङ (अनन्त), कान्छा गुरुङ, दिपक लामा, हिरामाया लामा, कुमारी लामा, दीपक तामाङ रहनुभएको छ । सो स्मारिकाको कभर डिजाईन/नेपाली टाईप – शशिकला राई, ग्लोबल कम्प्युटर सर्भिस, मुद्रण – नेसनल प्रिन्टिङ प्रेसले गरेको थियो ।

नेपाल तामाङ राष्ट्रिय महासंघ, केन्द्रीय कार्य समिति काठमाडौंको प्रकाशनमा चौथो स्थापना दिवसमा प्रवेश गरेको अवसरमा प्रकाशित सो स्मारिकाको २०६२ जेष्ठ ३१ गतेका दिन नेपाल पर्यटन बोर्डको विशेष सभा हलमा, विशेष समारोहकाबीच प्रथम कान्छा पर्वतारोही श्री शम्भु तामाङज्यूले प्रमुख अतिथिको आसनबाट विमोचन गर्नुभएको थियो ।


घ) नेपाल तामाङ राष्ट्रिय महासंघ ललितपुर स्मारिका- २०६२

यो स्मारिका पृष्ठ. ४७ संख्याको रहेको छ ।यसभित्र, सम्पादकीय ,नेपाल तामाङ राष्ट्रिय महासंघको केन्द्रीय महासचिव श्याम तामाङज्यूको शुभकामना मन्तव्य, नेपाल तामाङ राष्ट्रिय महासंघ । थाङ्का लेखन परम्परा र थाङ्का विद्यालयको औचित्य  डा. गणेश योन्जन (कला), मुलुकमा समावेशी संरचनाको विकास गर्नुपर्ने आजको आवश्यक्ता हो।कृष्णलाल महर्जन,पूर्व सांसद, ने.क.पा एमाले, क्षेत्र नं. २ ललितपुर (अर्न्तवार्ता) नेपाल तामाङ राष्ट्रिय महासंघ, ललितपुर र यसका  गतिविधी शान्ति थिङ (मानव अधिकारको स्थिति) लुइज अरवार- मानव अधिकार तामाङ जातिका युग पुरूष प्रथम तामाङ पूर्व मन्त्री तिलक बहादुर नेगी प्रतीक ङेसुर तामाङ (इतिहाँस), राम्रो वक्ता बन्न सरल तरिका -मनिक थिङ (ज्ञान), भौगौलिक बनावट रूढीवादी परम्पराको कारणले गर्दा  तामाङ जाति पछि परेको छ :- कृष्ण बहादुर देशार, उप सभापति, जि.वि.स. ललितपुर (कुराकानी), तामाङ चेलीबेटीको अवस्था प्रकाश थिङ समय, अर्न्तराष्ट्रिय क्षेत्रमा तामाङ महिलाहरूले गरेको छवी उच्च राखेको छ, महिला खेलाडी/ प्रशिक्षक- रूपा लामा (खेलकुद) तामाङ भाषा, सुचना संगीतमय यात्राको  एउटै बाटो "ह्याङला नाम्सा रेडियो कार्यक्रम" एक परिचय - अनिता बम्जन (संचार) र हार्दिक आभार तथा कृतज्ञता जस्ता सामाग्रीहरू समावेश गरिएका छन् । सो स्मारिका, नेपाल तामाङ राष्ट्रिय महासंघ ललितपुरले प्रकाशन गरेको हो । साथै महासंघ ललितपुरको तेश्रो स्थापना दिवसको अवसरमा प्रकाशित स्मारिका २०६२ श्रावण ३१ गते, स्टाफ कलेज, जावालखेलमा भव्य एक समारोहबीच राजपरिषद् स्थायी समितिका सभापति- परशुनारयण  चौधरीज्यूले प्रमुख अतिथिको आसनबाट विमोचन गर्नुभएको थियो । साथै स्मारिका प्रकाशन समिति २०६२ मा श्याम तामाङ (संरक्षक), नारायण थिङ (व्यवस्थापक) शान्ति थिङ (प्रधान सम्पादक), प्रमुख सल्लाहकारहरू डि.बी. बम्जन , कृष्णलाल महर्जन, दान बहादुर तामाङ, तारालाल लामा, कृष्णबहादुर देशार, धन लामा, सल्लाहकारहरू कान्छा गुरूङ, कुमारी तामाङ, रतन लामा, सम्पादन मण्डल :- पुष्मा थिङ, दिपचन्द्र लामा, गंगाराज ब्लोन र संजिव ग्लान  रहेका छन् ।

ङ) ह्याङला नाम्सा विशेषाङका
यो विशेषाङ्कको ४ पृष्ठ रंगीन र श्याम श्वेत भित्री पृष्ठ ७२ को रहेको छ । यस भित्र शुभकामनाहरू :- नेपाल तामाङ राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष -डि.बी. बम्जन, नेपाल पत्रकार महासंघको केन्द्रीय सभापति विष्णु निष्ठुरी, नेपाल तामङ राष्ट्रिय महासंघको, प्रचार प्रसार विभाग, काठमाडौंका केन्द्रीय संयोजक श्याम तामाङको प्रतिबद्धता रहेका छन् । त्यस्तै गरी, तपस्वी राम बहादुर बम्जन सम्बन्धी छोटो जानकारी, सम्पादकीय, वित्तिय क्षेत्रमा होमिएका वरिष्ठ उद्यमी डि.बी. बम्जन, कार्यकारी अध्यक्ष, गोर्खा विकास बैंक, पुतली सडक, काठमाडौं मीरा ब्लोन तामाङ (चर्चा) तामाङ समाज विकसित नहुनुका कारक तत्व, कर्मकाण्डमा फजुल खर्च श्याम तामाङ (विचार), हठ र अहम्‌वादलाई त्याग्न सकेमा मुलुकमा शान्ति आउन सक्छ - चिनिँया लामा सेरब दोर्जे लामा अध्यक्ष, श्री बौद्ध घ्याङ गुठी, काठमाडौं (अन्तरवार्ता), ह्याङला नाम्सा रेडियो कार्यक्रम- अनिता बम्जन (परिचय), कविता- धनुमाया तामाङ (शुभकामाना),कविता, गंगाराज ब्लोन तामाङ (अग्रिम शुभकामना ह्याङला नाम्सालाई) आवाज - तामाङहरूले पुस्तक किन जलाए, जिन्दगी अनुभवको शास्त्र हो सन्तलाल घिसिङ तामाङ चलचित्र निर्देशक/निर्माता, चितवन, संगीत चलचित्र दोक्छेविमा ङाच्छा लोन्पो दोबा तामाङ तिलक बहादुर नेगी, प्रतीक ङेसुर तामाङ (ङोस्येगे) मैले आफूलाई भाग्यामानी ठानेकी छु । शान्ति थिङ तामाङ (अनुभव) संचारसँग सम्बन्धित संस्थाहरू, तामाङ जाति नाङरी मुबा ह्रुइ-थर, ह्याङला नाम्सा रेडियो गेताङरी अन्तरवार्ता किन्बा ल्होल्हो-ल्होल्हो थुमला व्यक्तित्वजुगु ह्याङला नाम्सा गेताङरी स्योस्यो पुइखाबा ङ्यानखेन ह्रोजुगु तामाङ सञ्चारकर्मीजुगुला फोन नं. कादे रेडियो स्टेशन र तामाङ भाषाका कार्यक्रम, अहिलेसम्म निर्माण गरिएका तामाङ भाषाका चलचित्रहरू, चौतारी एल्बम-ज्योमो गाङ, दुइ खोली दोभान (समिक्षा) तामाङ जाति एक चिनारी कृष्ण मोक्तान तामाङ (संस्कृति) बौद्ध धर्ममा क्रियाशील योद्धा अहिंशावादी/वरिष्ठ बौद्ध धर्म गुरू कर्मज्ञान सागर बल लामा - श्याम तामाङ (धर्मगुरू) तामाङ महिलालाई अवसर र प्रेरणाको खाँचो छ , सविना थिङ तामाङ, महिला टेम्पो चालक, धादिङ (महिला कुराकानी), बौद्ध धर्मचैत्य निर्माणको कथा (रसिला तामाङ -पौराणिक) तामाङ ह्युल्बा जड्यान ह्युल ल्हासारी ठुङबा हिन्ना । तुलसी विरही थिङ लामा (म्हाइगो) नाटक अग्नीको कथा दर्शकको आँखामा मुकेश लामा (नाटक समीक्षा), ऐतिहासिक बौद्ध चैत्य र विश्व सम्पदा - सम्पूर्ण कुमार लामा (रचना/लेख), लगनशिलता  नै सफलताको कसी हो, सिबी लामा, वरिष्ठ युवा वित व्यवसायी/कार्यकारी अध्यक्ष, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लि., प्रधान कार्यलय मिनभवन काठमाडौं (युवा जीवनी) समाजसेवामा लागि परेका व्यक्तित्व, छोङ नोर्पु घले, वरिष्ठ समाजसेवी, मनाङ (समाजसेवा/श्रोत) बौद्ध सम्पदा "माने पर्खाल" लोप हुने अवस्थामा, अम्बर बम्जन तामाङ (लोपोन्मुख सम्पदा) महासंघका प्रकाशित गतिविधि (तस्विरमा) समावेश गरेका छन् ।

यस ह्याङला नाम्सा रेडियो कार्यक्रम, विशेषाङका प्रकाशन समिति २०६३ मा विशेष प्रमुख सल्लाहकारहरू डि.बी. बम्जन, बुद्धिमान तामाङ, मणी लामा, डि.बी. लामा, वीर बहादुर लामा, शम्भु तामाङ, माईला लामा, वरिष्ठ संरक्षकहरू सम्पुर्ण कुमार लामा, सुर्य वज्र लामा, भूमिलाल लामा, गजेन्द्र कुमार लामा, विनोद मोक्तान, सुर्य मान लामा, प्रधान सम्पादक- श्याम तामाङ, सल्लाहकारहरूः इन्द्र लामा, ध्यान बहादुर मोक्तान, भरत बम्जन, लाल बहादुर पाख्रीन, किरण कुमार लामा, कुमारी लामा, र इमान सिंह योन्जन, संरक्षकहरू कान्छा गुरूङ, श्रीकृष्ण लामा, दिपक लामा, अनन्त कुमार घिसिङ (दिपक), सह-सम्पादकहरू :- पुष्मा थिङ (ललितपुर), अनिता बमजन, (ललितपुर), बजार व्यवस्थापक दिपचन्द्र लामा (ललितपुर), र अन्य बजार प्रतिनिधिहरू :- मनिक थिङ कथा  (ललितपुर), जुनु थिङ (काठमाडौं), धनुमाया तामाङ (भक्तपुर), टासी छिरिङ लामा (काभ्रे), सुमित्र लामा (नुवाकोट), विनोद योन्जन (रामेछाप) काजिमान थिङ (सिन्धुली), सुन्दरी वाइबा (धादिङ), धनु माया लुङबा (चितवन), लक्ष्मी योन्जन (सिन्धुपाल्चोक) मेलिना ग्लान (रसुवा), अशोक गोले (मकवानपुर), कल्पना तामाङ (तेह्रथुम), मोहन कुमार तामाङ (इलाम), लक्ष्मी रूम्बा (नुवाकोट), तकबहादुर थोकर (दोलाखा), अञ्जु  मोक्तान (पर्सा) जमिता योन्जन (संखुवासभा), गंगाराज ब्लोन (ललितपुर) रिता तामाङ (भोजपुर) निसा
बम्जन (ललितपुर) र हित कुमारी तामाङ (भक्तपुर) रहेका छन् ।

नेपाल तामाङ राष्ट्रिय महासंघ प्रचार-प्रसार विभाग, केन्द्रीय कार्यालय, काठामाडौंले भगवान बुद्धको २५५० औं वैशाख ३० गते एक भव्य समारोहका बीच नेपाल तामाङ राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष डि.बी. बम्जनज्यूले प्रमुख अतिथिको आसन ग्रहणबाट गुरू ल्हाखाङ गुम्बा बौंद्धमा विमोचन गर्नुभएको थियो ।

 
च) ह्याङला तामाङ दर्पण विशेषाङ्का
विशेषाङका, बाहिरी कलर (रंगीन) पृष्ठ -४ र भित्री श्याम श्वेत (ब्लाकिङ) पेपर ४८ पृष्ठको रहेको छ । यसभित्र सम्पादकीय, विषय सूचीहरू, व्यवस्थापिका संसद, सभामुख सुवास चन्द्र नेम्वाङ, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री (राजेन्द्र महतो), व्यवथापिका संसद, ललितपुर क्षेत्र न..२, ने.क.पा. एमाले, विधायक- कृष्णलाल महर्जन, समाज कल्याण परिषदका, सदस्य-सचिव, डा. ऋतुप्रसाद गड्तौला, नेपाल सरकार,गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यलाय,काठमाडौं प्रमुख जिल्ला अधिकारी मोदराज डोटेल, राष्ट्रिय समाचार समिति, अधयक्ष, तारानाथ दाहाल, श्री बौद्ध घ्याङगुठी काठमाडौंका अध्यक्ष, चिनियाँ लामा सेरब दोर्जे लामा जस्ता वरिष्ठ व्यक्तित्वहरूको शुभकामना सन्देशहरू रहेका छन् ।

यस्तैगरि तामाङ सालिङ राज्य र संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आम तामाङ जातिबीच तत्काल भावनात्मक एकता आवश्यक डि.बी. बम्जन, केन्द्रीय अध्यक्ष ,नेपाल तामाङ राष्ट्रिय महासंघ, काठमाडौं (अन्तरवार्ता), राजनीति छोडि धर्मतिर जिउँदो शहिद माइला लामा (परिवर्तन), संविधान सभा, निर्वाचन प्रणाली र तामाङ संघ संस्थाको भूमिका -अधिवक्ता कुन्साङ योन्जन (कार्यपत्र), ञ्युङ्ने मौन ब्रत बस्दा पालन गर्नुपर्ने नियम डुक्पा रेम्पोर्छे (धर्म), तामाङ जातिको जातिय पहिचान- अजितमान तामाङ (जाति), मंगोलिया अस्तित्वमा तामाङ - रविन्द्र तामाङ (संस्कार/संस्कृति), तेमाल जात्रा र यसको महत्व - प्रथम तामाङ मन्त्री तिलक बहादुर नेगी लामा (जात्रा) मेरो दृष्टिकोणमा नेपाल तामाङ राष्ट्रिय महासंघ सम्पूर्ण कुमार लामा (अनुभव), भाषा एक परिचय मनिक थिङ लामा (कला), नेपाल तामाङ राष्ट्रिय महासंघ र यसका गतिविधिहरू श्याम तामाङ, महासचिव, नेपाल तामाङ राष्ट्रिय महासंघ, श्रमलाई साथी र विलासितालाई त्याग्न सक्नुपर्छ युवा नेता, इन्द्र लामा (भेटवार्ता) र केही वर्षभित्र नेपाल फर्केर समाजिक क्षेत्रमा क्रियाशिल हुनेछु -निमा वाङगेल लामा पूर्व अध्यक्ष, यति नेपाली एसोशिशन यु.के.(परदेश) जस्ता ज्ञानवर्धक, खोज, अनुसन्धानमुलक, तार्किक र बौद्धिक विचारले भरीपूर्ण छ ।

ह्याङला तामाङ दर्पण विशेषाङ्क प्रकाशन समिति २०६४ का प्रमुख सल्लाकारहरूः डि.बीं बम्जन –ओखलढुङ्गा, डि.बी. लामा (रसुवा), वीर बहादुर लामा (मकवानपुर), हर्कमान तामाङ (मोरङ), कृष्णलाल महर्जन (ललितपुर), डा. गणेश योन्जन (काठमाडौं), दान बहादुर तामाङ (चितवन), हर्कबहादुर तामाङ (नुवाकोट), सल्लाहकारहरू गजेन्द्र कुमार लामा (काठमाडौं), छोङ नोर्पु घले (मनाङ), अधिवक्ता कुन्साङ योन्जन (काभ्रे), सि.बी. लामा (काभ्रे), पूर्ण  सिंह लामा (दोलखा), ज्ञान बहादुर लामा (सिन्धुली), सिंह बहादुर योन्जन (रामेछाप), हेम बहादुर घिसिङ (सिन्धुली), जित पाख्रिन लामा (मकवानपुर), सूर्यवज्र लामा (काठमाडौं), रमेश बम्जन (ओखलढुङ्गा), चन्द्र बहादुर तामाङ (काठमाडौं), व्यवस्थापकहरू मीरा दोङ लामा (धादिङ), देवकुमार लामा (रामेछाप), साम्देन लामा (काठमाडौं), दिपक लामा (काठमाडौं), राजाराम पख्रिन लामा (नुवाकोट), गोपाल योन्जन (धादिङ), ओम बहादुर लामा (सिन्धुली), रामभक्त बम्जन (काठमाडौं), किरण कुमार लामा (काठामाडौं), शहरमान तामाङ (उदयपुर), कुमारी लामा (काठमाडौं), कान्छा गुरूङ (मनाङ), फुपुयाङजी लामा (काठमाडौं), दामोदर लामा (काठमाडौं), के.बी. तामाङ (सिन्धुपाल्चोक), श्रीकृष्ण लामा (नुवाकोट), प्रेम कुमार लामा (काभ्रे) र मुना नेगी लामा (भोजपुर) का रहेका छन् ।

त्यस्तै गरी सम्पादन मण्डलमा श्याम तामाङ - प्रधान सम्पादक (ललितपुर), सम्पूर्ण कुमार लामा - सम्पादक (काठमाडौं), मीरा ब्लोन तामाङ संवाददाता (काठमाडौं), अमर बम्जन - बजार प्रतिनिधी (ललितपुर), सञ्च बहादुर तामाङ - बजार प्रतिनिधी (नुवाकोट) र विशेष सहयोगीहरू कुमार लामा (काठमाडौं), छेरिङ्ग लामा (दोलखा), राम तामाङ (काठमाडौं) र सुरज लामा (काठमाडौं) को हुनुहुन्छ । 

यो विशेषाङ्क नेपाल तामाङ राष्ट्रिय महासंघको छैठौं वार्षिक साधारण सभाको अवसरमा २०६४ भाद्र २७ गतेका दिन नेपाल तामाङ राष्ट्रिय महासंघका, केन्द्रीय कार्य समिति, काठमाडौंले प्रकाशन गरेको हो ।

Untitled Document
Home | About Us | Board Members | Affiliate Organizations | Gallery | Contact Us
© tamangfederation.org, All Rights Reserved | Visited: web counter Times